Incident Reports

रोल्पामा पाँच वर्षीया बालिकाको हत्या l

2013-12-11

Lumbini, Rolpa, Rolpa

Dharendra Dangi सदरमुकामसँगै जोडिएको हृवामा गाविसमा ५ वर्षीया बालिकाको हत्या भएको छ । हृवामा गाविस-७ का ओवीराज पुनकी छोरी ५ वर्षीया ज्योतिमाया पुनलाई सोही स्थान बस्ने ३० वर्षीया कालिनी पुनले मङ्सिर २६ गते हत्या गरेकी हुन् । बिहान खाना पकाउँदै गर्दा अन्टी नाता पर्ने पुनले आगनमै खेल्दै गरेकी बालिकालाई पुन्यूले कुटपिट गरेपछि गम्भीर घाइते भएकी उनलाई उपचारका लागि हृयामा स्वास्थ्य चौकीतर्फलैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । पीडित बालिकाका बुवा ओवीराजले हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रहरीमा खबर गरेका थिए । हत्या गर्ने पुन फरार रहेको र घटनास्थलमा जिल्ला प्रहरी कार्यालय लिवाङबाट प्रहरी टोली पुगी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्याल्यले जनाएको छ । धरेन्द्र डाँगी

0 Comments

Related Reports
Related Trend Analysis