Incident Reports

पीडित महिलालाई सुरक्षाका लागि सेफ हाउसमा l

2013-12-12

Madhes, Saptari, Mahadeva

Manohar Kumar Pokharel लोहजरा गाविस-२ घर भई जण्डौल गाविस-७ मा डेरा लिई बस्ने २० वर्षीया मन्जुकुमारी मण्डलले घरमा सासू ससुराले बस्न नदिई कुटपिट गरी घर निकालेको भन्दै मङ्सिर २६ गते अधिकारकर्मीहरूसँग न्यायको माग गरेकी छन् । डेढ वर्षीया छोरीसहित मङ्सिर २६ गते सदरमुकाम राजविराज आएकी ८ महिनाकी गर्भवती पीडितका अनुसार पति २५ वर्षीय महानन्द यादव असोज १६ गतेदेखि बेपत्ता भएपछि मङ्सिर ३ गते घर जाँदा ससुरा सीताराम यादवले कुटपिट र खान बस्न समेत नदिई घरबाट निकालेको बताईन । महिला हिंसा सम्बन्धी मङ्सिर गोष्ठीको तयारीका लागि बैठक बसिरहेको मानवअधिकार तथा जनवकालत केन्द्रको कार्यालयमा आएर पीडितले घरमा बस्ने वातावरण बनाईदिन अधिकारकर्मीहरूसँग न्यायको माग गरेकी थिइन् । घरभाँडा तिर्न नसकेपछि डेराबाट निकालिएकी पीडित गर्भवति महिलाले घरमा बस्न नपाएपछि खान बस्न समस्या हुँदा नाबालिका छोरी र आफ्नो विचल्ली भएको बताइन् ।मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis