2019-12-11
छुरा प्रहार गरी फरार भएका ३ जनालाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-३ बंशगोपाल बस्ने १९ वर्षीय राम शेखर शिलाकार, सोही स्थान बस्ने १९ वर्षीय समिर मंक र बोडे भक्तपुर बस्ने सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-६ घर भएका १९ वर्षीय प्रबिण बस्नेत रहेका छन् ।
मंसिर २५ गते राति भक्तपुर नगरपालिका-१० कमलविनायक बसपार्कमा सोही नगरपालिका-९ च्याम्हासिंह बस्ने ४८ वर्षीय गंगा प्रसाद प्रजापतीलाई उनीहरूले धारिलो हतियार छुरा प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले खोजी गर्नेक्रममा च्याम्हासिंहस्थित सडकबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमध्ये राम शेखर शिलाकारको साथबाट ४ सय ग्राम सुकेको गाँजा समेत बरामद भएको छ ।
उनीहरूलाई भक्तपुर जिल्ला अदालत पेश गरेकोमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Assault (small group) |
Weapons | Sharp weapon |
Primary Cause | Other non-economic personal issues (revenge, passion etc.) |
Actor 1 - Number of people | 3 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | noyouth |
Total Injured | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance