Incident Reports

अज्ञात समूहद्वारा अपहरण l

2013-12-10

Madhes, Mahottari, Sonama

Ishwari Kafle सोनमा गाविस-५ का १८ वर्षीय सुशील यादवलाई घरबाट जनकपुर तर्फजाँदै गर्दा पर्सा देवाड गाविस-४ बाट मङ्सिर २५ गते राती अज्ञात समूहले अपहरण गरेको छ । बिरामी भएर अस्पताल भर्ना गरिएकी फुपूलाई भेट्न सोही ठाउँका उनका साथी सुरेन्द्र यादवसँगै ज४प ९३०५ नम्बरको मोटरसाइकलमा जाँदै गर्दा पर्सा देवाड र बैरगनियाँको बीचमा पर्ने सुनसान ठाउँमा नकाबधारीले मोटरसाइकल रोकी सुरेन्द्रलाई रुखमा बाँधेर सुशीललाई मोटरसाइकलसहित अपहरण गरेको प्रहरीले जनाएको छ । अपहरणकारीले २६ गते साँझसम्म कुनै सम्पर्क नगरेको र अपहरण परेका सुशीलको मोवाइलमा पनि सम्पर्क हुन नसकेको बताइएको छ । अपहरणकारीको खोजीका लागि आफ्नो सम्पुर्ण शक्ति प्रयोग गरी खोजविन गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र बाबु रेग्मीले बताए । ईश्वरी काफ्ले

0 Comments

Related Reports
Related Trend Analysis