Incident Reports

रुख चिन्हमा मतदान नगरेको भन्दै महिलालाई कुटपिट l

2013-12-11

Province 1, Terhathum, Myanglung

Chhatra Rimal पाँचथर जिल्ला यासोक गाविस-१ घर भई हाल तेह्रथुम जिल्लाको म्याङलुङ गाविस-४ बस्ने २७ वर्षीया देवीमाया लुङ्गेली मगरलाई मङ्सिर २६ गते बेलुका सोही गाविस-२ निवासी नेपाली काङ्ग्रेश निकट तरुणदलका जिल्ला सदस्य विश्वप्रकास तुम्वाहाम्फेले रुख चिन्हमा नेपाली काङ्ग्रेसको उम्मेदवारलाई मतदान नगरेको भन्दै कुटपिट गरे । संविधान सभाको निर्वाचनमा तुम्बाहाम्फेले आफ्ना काका नेपाली काङ्ग्रेसका प्रत्यक्षतर्फका उम्मेदवार तुलसी सुब्बाको चुनाव चिन्हमा रुखमा मतदान नगरी अन्यत्र मतदान गरेको विषयलाई लिएर देवीमाया कुटपिट गरेका थिए । तुम्बाहाम्फेले पीडितलाई लात्ती र मुक्का प्रहार गरी घाइते बनाएको प्रत्यक्षदर्शी सोही ठाउँका विजयकुमार सुवेदीले बताए । कुटपिटबाट घाइते भएकी पीडितको जिल्ला स्वास्थ्य कार्यालय तेह्रथुममा उपचार भइरहेको छ । पीडितले आरोपित तुम्बाहाम्फेलाई कानुनी कारबाहीको लागि मङ्सिर २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको जानकारी जिल्ला प्रहरी कार्यालय तेह्रथुमले दिएको छ । प्रहरीले आरोपित तुम्बाहाम्फेलाई कानुनी कारबाही गरेको छैन । छत्र रिमाल

0 Comments

Related Reports
Related Trend Analysis