Incident Reports

विप्लव नेता पक्राउ

2019-12-18

Karnali, Salyan, Darma, Ward 5

विस्फोटक पदार्थसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला समिति सदस्य पदमबहादुर केसी पक्राउ परेका छन् ।

उनलाई प्रहरीको टोलीले दार्मा गाउँपालिका–५, भगेँरी खोलाबाट मंगलबार पक्राउ गरेको हो । उनीसँग रहेको विस्फोटक पदार्थ पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार, डेटोनेटर, इलेक्ट्रिक डेटोनेटर, सेफ्टी फ्युज, सल्फ्युरिक एसिड, आइइडीमा प्रयोग हुने छर्रा, भोल्टमिटर र ३०३ राइफलको एक राउन्ड गोली बरादम गरिएको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । विस्फोटक पदार्थ तथा खरखजानासम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट १० दिनको म्याद लिइएको जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments