Incident Reports

अज्ञात पक्षद्वारा वडा कार्यालयमा आगजनी

2019-12-24

Karnali, Rukum West, Aathbiskot, Ward 10

आठबीसकोट नपा–१० को वडा कार्यालयमा पुस ८ गते राति अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ ।

घटनामा वडा कार्यालयमा तोडफोड गर्नुका साथै कार्यालयमा रहेका कम्प्युटर, प्रिन्टर, क्यामेरा लगायतका सामाग्री समेत जलाएको प्रहरीले जनाएको छ ।

मध्यरातमा वडा कार्यालयको सामान जलिरहेको देखेपछि स्थानीयले प्रहरीलाई घटनाको बारेमा खबर गरेर जानकारी गराएको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका डिएसपी सुमित खड्काले जानकारी दिनुभयो ।

आगजनीबाट वडा कार्यालयका फर्निचर, वडा अध्यक्ष र वडा सचिवको कुर्सीका साथै तीन वर्षदेखिका सम्पूर्ण कागजात जलेर नष्ट भएको वडाध्यक्ष गंगाराम चनाराले जानकारी दिनुभयो ।

आगजनीबाट वडा कार्यालयको दुई लाख रुपियाँ बराबरको क्षति पुगेको वडाध्यक्ष चनाराले बताउनुभयो ।

घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमले जनाएको छ ।

मनिषा केसी


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Female Injured 00
Total damaged Buildings 1
INSEC

0 Comments