Incident Reports

रौतहटमा भेटिएको बम नेपाली सेनाद्वारा निष्क्रिय

2019-12-25

Madhes, Rautahat, Ishanath

रौतहटको इशनाथ नगरपालिकाको कार्यालय परिसरमा राखिएको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । इशनाथ-३ मा रहेको नगरपालिका कार्यालयमा अज्ञात व्यक्तिले झोलामा शंकास्पद रुपमा प्रेसरकुकर राखेका थिए ।

बिहान सवा नौ बजे कार्यालय परिसरमा झोलामा प्रेसरकुकर, तार तथा मोबाइल समेत जडान गरी राखेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको टोलीले सो स्थानलाई घेरा हालेका थिए । 

झोलामा रहेको सो बस्तु बम हुन सक्ने आशंकामा प्रहरीले मोबाइल नेटवर्क बन्द गर्न लगाएको थियो । प्रेसरकुकरमा मोबाइल जोडिएको देखिएकोले नेपाली सेनाले निष्क्रिय बनाउने तयारी गरेपछि प्रहरीले टेलिकमलाई मोबाइल नेटवर्क बन्द गर्न लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीले बताए । नेपाली सेनाको इन्द्र बक्स गणबाट खटिएको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएपछि मोबाइल सेवा सुचारु भएको छ । 

प्रेसर कुकरमा टेप लगाएर तार र मोबाइल समेत जोडिएको बस्तु देखेपछि स्थानीयहरु त्रसित बनेका थिए । करिब दुई घण्टाको प्रयासपछि सो बमलाई निष्क्रिय गरिएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments