Incident Reports

भारत जाँदै गरेका बालकहरूको उद्धार l

2013-12-13

Lumbini, Banke, Nepalgunj

Binod Pandey नेपालगञ्ज नाका भएर भारत जाँदै गरेका आठ जना बालकहरूको मङ्सिर २८ गते उद्धार गरिएको छ । भारततीर जाँदै गरेको अवस्थामा ज्ञान नेपाल नामक संस्थाले उद्धार गरेको हो । उद्धार गरिएका बालकहरूलाई इन्सेकको समन्वयमा महिला तथा बालबालिका कार्यालयमा बुझाइएको उक्त कार्यालयले सिविन नेपालगञ्ज जिम्मा लगाएको छ । कक्षा ४ र ६ मा अध्ययनरत बालकहरू सल्यान जिल्ला बामे गाविस-९ का सोनाम बुढा, मार्के गाविस-९ का डिलबहादुर वली, काल्चे गाविस-७ का केशव राना, सोही ठाँउका चन्द्रबहादुर सुनार, बलबहादुर घर्ती लगायत सोही गाविसका अन्य तीन जना बालकलाई भारत काम गर्न जान लागेको अवस्थामा उद्धारपछि सिविन नेपालगञ्जको सेल्टरमा राखिएको हो । बालहरूलाई सल्यानबाट भारत लाँदै गरेको आरोपमा मानबहादुर पुलामी लगायत चार जनालाई प्रहरीले सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । विनोद पाण्डे

0 Comments