Incident Reports

बालविवाह विरुद्ध उजुरी l

2013-12-13

Madhes, Mahottari, Aurahi

Ishwari Kafle महोत्तरी । ०७० मङ्‌सिर २८ गते श्रीपुर गाविस-२ की ४० वर्षीया शिया देवीले छोरी १५ वर्षीया सरिता कुमारी यादवलाई औरही गाविस-२ का १६ वर्षीय गणेश यादवले भगाएर बालविवाह गरेको भन्दै मङ्‌सिर २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । यसअघि पनि आफ्नी छोरी सरितालाई आरोपित गणेशले भगाएको र छुटाई घरमा ल्यएको उल्लेख गर्दै शियादेवीले दिएको उजुरीमा पछिल्लो पटक कात्तिक २ गते आफू घरमा नभएको मौका पारी पुनः घरबाटनै भगाएर औरहीस्थित घरमा लगेर पत्नी बनाई राखेको उल्लेख छ । आरोपितको घरैमा गएर आफ्नी छोरी नाबालिका रहेको र आरोपित गणेश पनि नाबालकै भएकाले यो विवाह हुन सक्दैन भन्दै सम्झाउँदा गणेशको बुवा रामप्रसाद यादवले आफूलाई उल्टै बेइज्जत गरी पठाएको शियादेवीले दिएको जाहेरीमा उल्लेख छ । उजुरी दर्ता गर्दै जिल्ला प्रहरी कार्यालयका डीएसपी राजेन्द्र बाबु रेग्मीले उजुरीमा जन्म दर्ता समेत सङ्लग्न रहेकाले बालविवाह भएको प्रष्ट छ, अब आवश्यक अनुसन्धान गरी कानुनी कारबाही गरिने बताए । ईश्वरी काफ्ले

0 Comments