Incident Reports

No translation available.

2013-12-15

नुवाकोट - नुवाकोटको कल्याणपुर रिप ६ खड्काथोकमा बोक्सोको आरोप लगाउँदै एक बृद्धलाई मरणासन्न हुने गरी कुटपिट गरिएको छ। आइतबार बिहान ८ बजे छिमेकी कृष्ण थापा मगर उनका पत्नी माइली थापा मगर र छोरी सविनासहितको टोलीले 'भेदेको' आरोप लगाउँदै कल्याणपुर ६ खड्काथोकका ५३ वर्षे बृद्ध रामकृष्ण थापा माथि निर्घात कुटपिट गरेको उनकी पत्नी कमला थापाले बताइन्। बोक्सो भन्दै कुटपिट गर्नेहरुलाई पीडितकी पत्नी थापा उजुरी दिन जिल्ला प्रहरी कार्यालय नुवाकोट आएकी छिन्। 'विगत ६ महिनादेखि बोक्सी भन्दै कुटपिट गर्ने आए, कमलाले भनिन्, 'अहिले म आफु पनि घर जान सकिरहेको छैन। मलाई पनि बोक्सी भन्छन् खै घर कसरी जाँउ।' बोक्सोको आरोपमा कुटिएका उनका पति हिड्डुल र खानपिन गर्न नसक्ने अवस्थामा रहेको कमलाले बताइन्।

0 Comments

Related Reports
Related Trend Analysis