Incident Reports

डोटीको निजामती विद्यालयमा शिक्षकद्वारा विद्यार्थीमाथि निर्घात कुटपिट

2019-12-24

Sudurpashchim, Doti, Dipayal Silgadi, Ward 4

डोटीको निजामती कर्मचारी आवासिय विद्यालयका एक शिक्षकले विद्यार्थीमाथि निर्घात कुटपिट गरेका छन्। जिल्लाको दीपायल सिलगढी नगरपालिका वडा नम्वर ४ मा रहेको उक्त विद्यालयका कम्प्युटर विषयका शिक्षक महेशसिंह महताले ८ मा अध्ययनरत विद्यार्थी आलोक शाहीमाथि निर्घात कुुटपिट गरेका हुन्।

कुटपिटबाट घाईते भएका शाहीको शैलेश्वरी अस्पतालमा उपचार भईरहेको छ। ‘कागजको टुक्रा डस्टविनमा फाल्ने क्रममा शिक्षकको टाउकोमा लागेको रहेछ,’ पीडितका बुवा गणेश शाहीले भने, ‘सोही निहुमा शिक्षकले निर्घात रुपमा कुटपिट गरेका छन्। शरिरभरी नै निलडाम भएको छ।’ उनले निर्घात कुटपिट गर्ने शिक्षकमाथि कानुनी कारवाहीको माग गरे। पीडितका अनुसार शिक्षक महतलाले विगतमा पनि कुटपिट गर्दै आएका थिए।

यता निर्घात रुपमा कुटपिट गर्ने शिक्षक महताले भने विद्यार्थीले गलत गरेका कारण सजाय दिएको बताए। उनले आवेगमा आउँदा बढि नै कुटपिट भएको स्वीकार गरे। यता जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार कुटपिटमा संग्लन शिक्षक महतालाई ईलाका प्रहरी कार्यालय दीपायलले पक्राउ गरिएको छ। ठाडो निवेदनका आधारमा पक्राउ गरिएकोमा उजुरी परे कानुनी कारवाहीको प्रक्रिया अगाडी प्रहरीले जनाएको छ। पीडित शाही केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रवहादुर शाहीका भतिजा हुन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments