Incident Reports

No translation available.

2013-12-16

नेपालगन्ज, पुस १ - एमाले पार्टी कार्यालय तथा बाँकेका विभिन्न सरकारी तथा व्यापारिक प्रतिष्ठानहरुमा बम बिष्फोटन गराएको आरोप लागेका एक भूमिगत सशस्त्र समूहका सक्रिय कार्यकर्ता लाई प्रहरीले पक्राउ गरेको छ ।हातहतियार तथा खरखजाना मुद्दाका फरार अभियुक्त समेत रहेका हिरमिनियाँ -५ का २२ बर्षीय महेश पासीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो । भूमिगत सशस्त्र समूह जनतान्त्रिक तराई मधेश मुक्ति पार्टीका सक्रिय कार्यकर्ता समेत रहेका फरार अभियुक्त पासी बाँके प्रहरीको सर्बाधिक खोजि सूचिमा थिए । बागेश्वरी ४ का शिव भण्डारीको अपहरणमा संलग्नताको आरोप समेत लागेका पासीले भण्डारीकै घर कम्पाउण्डमा बम बिष्फोट गराएको, गनापुर ८ स्थित बागेश्वरी आइरन एण्ड स्टिल प्रालिमा बिष्फोटन गराएको र एमाले बाँकेको पार्टी कार्यालयमा समेत बिष्फोटन गराएको लगायतका आधा दर्जन बढी अपराधमा संलग्न रहेको प्रहरी उपरीक्षक भुपालकुमार भण्डारीले बताए । 'सशस्त्र समूहमा आबद्ध रहेर जिल्लाका विभिन्न उद्योगी व्यवसायी तथा व्यापारीहरुलाई चन्दा माग गर्ने गरेका थिए,' उपरीक्षक भण्डारीले भने, 'चन्दा नदिए बम बिष्फोटन र अपहरण गर्ने गरेका थिए ।' त्यसैले प्रहरीले सर्वाधिक खोजी सूचीमा राखेर पासीलाई खोजी गरिरहेको थियो ।

0 Comments

Related Reports
Related Trend Analysis