Incident Reports

विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता भएको आरोपमा गिरफ्तार

2020-01-01

Karnali, Dailekh, Thantikandh, Ward 6

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता रहेको आरोपमा प्रहरीले ठाँटीकाँध गाउँपालिका–६ लामामेलाका ३२ वर्षीय प्रदीप विकलाई पुस १६ गते घरबाटै गिरफ्तार गरेको छ ।

शंकास्पद गतिविधिमा संलग्न रहेको भन्ने जानकारीका आधारमा विकलाई गिरफ्तार गरेर हिरासतमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, दैलेखका डिएसपी हरिबहादुर ओलीले जानकारी दिनुभयो ।

विक स्थानीय सूर्योदय आधारभूत विद्यालयका कार्यालय सहयोगी भएको र प्रतिबन्धित नेकपाका कार्यकर्ता भएनभएका बारेमा आफुलाई जानकारी नरहेको ठाँटीकाँध गाउँपालिका–६ का वडाध्यक्ष नर्तम बुढाले जानकारी दिनुभयो ।


अमर सुनार


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments