Incident Reports

बलात्कार प्रयासका आरोपित विरुद्ध उजुरी l

2013-12-15

Lumbini, Gulmi, Isma

Naresh Bhandari दोहोली गाविस-४ का ५५ वर्षीय चन्द्रबहादुर खड्का विरुद्ध एक ६ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा मङसिर ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । बालिकालाई घरमा एक्लै भएको मौका पारी आरोपितले मङ्सिर २९ गते चक्लेट दिई कपडा खोल्न लगाई आफूले पनि कपडा खोलेको अवस्थामा बालिकाका हजुरबुवाले भेटाएपछि आरोपितलाई इस्मा प्रहरी चौकीको जिम्मा लगाएका थिए । आरोपितलाई आवश्यक अनुशन्धानका लागि म्याद थप्न मङ्सिर ३० गते अदालत पेश गरेकोमा पाँच दिनका लागि हिरासतमा राख्न अनुमति पाएको इन्सपेक्टर निशान्त श्रीवास्तवले जानकारी दिए । नरेश भण्डारी

0 Comments

Related Reports
Related Trend Analysis