Incident Reports

बम विस्फोटमा घाइते भएका बालबालिकालाई आर्थिक सहयोग प्रदान l

2013-12-15

Durga Pariyar बम बिष्फोटमा परि घाइते भएका पीडित परिवारका बालबालिकालाई अध्ययनको लागि फुल कुमारी उमावीमा अधिकारकर्मी, सञ्चारकर्मीहरूको रोहबरमा मङ्‌सिर ३० गते आर्थिक सहयोग प्रदान गरिएको छ । सहयोग पाउनेमा बडहरामाल गाविस-१ का एकै परिवारका १३ वर्षीया किरण कुमारी मुखिया, ११ वर्षीया सुजीता मुखिया, ९ वर्षीय श्रवण मुखिया र ६ वर्षीय सन्तोष मुखिया रहेका छन् । उनीहरूलाई अमेरिका स्थित क्यालिफोरनिया सहरका नेपाली दम्पति अनिल पाण्डे र रेणु पाण्डे दिक्षितले मासिक ४० डलर १० कक्षासम्म अध्यनका लागि दिने घोषण गरेको र सो अनुरुप १० हजार रकम विद्यालय पोसाक तथा सामग्री खरिद गर्न अहिले उपलब्ध गराइएको इ नेपाली अनलनइन खबर सिरहाका संवाददाता रामभरोसी महतोले बताए । उनका अनुसार बम बिष्फोटमा परी घाइते भएको र उनीहरूका पिताको पनि मृत्यु भएकोले गरीबीको कारण पढ्नबाट वञ्चित भएको समाचार प्रकाशित भएपछि पाण्डे दम्पतिले आर्थिक सहयोग प्रदान गरेका हुन । डाकाहरूले ०७० जेठ २२ गते बिहान छाडेको बम खेलाउँदा तीन जना बालकहरू गम्भीर घाइते भएका थिए । घाइते मध्ये १३ वर्षीय बालक सर्वजीत मुखियाको उपचारको क्रममा २५ गते मृत्यु भएको थियो भने किरण मुखिया र सन्तोष मुखिया उपचारपछि घर फर्केका थिए । बम बिष्फोटमा परि घाइते हुँदा उपचारको लागि आफूले कर्जा लिएको र परिवारको पेट पाल्न तथा कर्जा तिर्न मजदुरी गर्नु परेकोले बालबाच्चालाई पढाउन ध्यान गएको थिएन । तर, सहयोग पाएपछि आफूले जे गरे पनि बालबच्चालाई नियमित पढाउने बालबालिकाकी आमा रामझरी मुखियाले बताइन् । उनले थप सहयोग पाए आफूले स्वरोजगार गरी आर्थिक उन्नति गर्ने बताइन् । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis