Incident Reports

भरुवा बन्दुकले हान्दा मृत्यु l

2013-12-16

Province 1, Panchthar, Yangwarak

पाँचथर, पुस २ - आपसी विवादमा भरुवा बन्दुक पड्काउँदा पाँचथर ओयाम १ का ३५ वर्षीय टेकबहादुर राईको मृत्यु भएको छ । प्रहरी निरीक्षक सञ्जिव खड्काका अनुसार स्थानीय मेला बजारबाट फर्किएपछि विवाद हुँदा स्थानीय विष्णु राईले भरुवा बन्दुक हानेका थिए । मेलामा मादक पदार्थ सेवन गरी फर्किएपछि उनीहरुमा विवाद बढेको गाउँलेले बताए । घटनापछि आरोपित विष्णु फरार रहेको प्रहरीले जनाएको छ । उनीहरु नातामा दाजुभाइसमेत पर्छन् ।

0 Comments

Related Reports
Related Trend Analysis