Incident Reports

अज्ञात समूहकाे आक्रमणबाट बैंकका कर्मचारी गम्भीर घाइते

2019-11-27

कञ्चनपुरको पुर्नवास नगरपालिकाको सिमरीमा बिहीबार दुईजना बैंक कर्मचारीमाथि सांघातिक आक्रमण भएको छ।

अज्ञात समूहकाे आक्रमणबाट उनीहरू गम्भीर घाइते भएका छन्। नगरपालिकाको आइबीआरडी बजारमा रहेको माछापुच्छ्रे बैँकमा कार्यरत कर्मचारी प्रविन भट्ट र शारदा पन्तमाथि आक्रमण भएको हो। दुवै जनाको टाउको र मुखमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए।

गम्भीर चोट लागेर घाइते भएका बैंकका व्यवस्थापक भट्टलाई उपचारकार लागि काठमाडौं लगिएको छ। पन्तको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रहरी उपरीक्षक आचार्यका अनुसार स्कुटरमा आएका अपरिचित तीन जनाले दुवै कर्मचारीमाथि पुर्नवासबाट धनगढी आउने क्रममा आक्रमण गरेका थिए।

प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Other private sectors
Actor 2 - Youth noyouth
Total Injured 2
Female Injured 1
Local Newspaper - Kanchanpur

0 Comments

Related Reports