Incident Reports

दुई छात्रामाथि यौन दुर्ब्यवहार l

2013-12-17

Karnali, Dailekh, Narayan

दैलेख- यौन दुर्ब्यवहारमा परी रैनादेवी माध्यमिक विद्यालयमा अध्ययनरत दुई छात्रा घाइते भएका छन्। विद्यालय नजिकै उनीहरुको संवेदनशिल अंगमा छोएर यौन दुर्ब्यवहार गरेको विद्यालयले जनाएको छ। अर्धवार्षिक परीक्षा सकेर घर फर्कँदै गरेकी कक्षा १० मा अध्ययनरत २१ वर्षीया सुशीला शाही र २१ वर्षीया मनीषा बढुवाल छन्। उनीहरुमाथि भएको दुर्ब्यवहार छुटाउन गएका कक्षा ८ मा अध्ययनरत ललित शाही घाइते भएका छन्। मदिरा खाएका गाउँकै युवाले उनीहरुमाथि दुर्ब्यवहार गरेका थिए। दुर्ब्यवहार गर्नेमा भुपेन्द्र चन्द र विष्णु शाही रहेको विद्यालयका प्रध्यानाध्यापक रामप्रसाद यादवले बताए। यौन दुर्ब्यवहारपछि छात्रालाई लछारपछार गरी गम्भिर घाइते बनाएका थिए। उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ। उनीहरुको शरीरमा चोट देखिएको जिल्ला अस्पताल दैलेखले जनाएको छ। टाउकोमा गम्भिर चोट देखिएको भन्दै मनिषालाई अस्पतालले नेपालगञ्ज रिफर गरेको प्राध्यानाध्यापक यादवले बताए। विद्यालय नजिकै घरतर्फ जाँदै गरेको छात्रामाथि अशब्द बोल्दै हातपात गरेको पीडितका आफन्तले बताए। मंगलबार दिउँसो हातपात गर्नेमाथि सार्वजनिक मुद्दा दर्ता गरिएको छ। प्रहरीले घटनालगत्तै उनीहरुको खोजतलास गरीरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

0 Comments