Incident Reports

काउसो हालेर पैसा लुट्न खोज्ने २ भारतीय पक्राउ l

2013-12-18

Madhes, Parsa, Birgunj

बीरगन्ज— बीरगन्जको ब्यस्त बजार आदर्श नगरबाट काउसो हालेर नगद लुटेर भाग्दै गर्दा २ जना भारतीय लुटेरालाई सर्वसधारणले समातेर प्रहरीको जिम्मा लगाएका छन्। लुटेराहरुले बीरगंज –३ प्रगतीनगरका ३७ बर्षे सन्तोष पाठकको शरीरमा काउसो (चिलाउने पाउडर) हालेर रुपैयाँ लुट्न खोजेका थिए। उनी दिउँसो करिब साढे ११ बजे माहाबीरस्थानस्थित हिमालयन बैंक बाट ३ लाख ७५ हजार २ सय रुपैयाँ ब्यागमा राखेर आदर्शनगरस्थित एनआईसी एशिया बैंकमा जान लागेका थिए। 'मोटरसाइकलमा एक्लै थिँए, काली मन्दिर पार गरेर बैंक पुग्नै लाग्दा गर्धनमा पछाडीपट्टि चिलायो, छामेर हेर्दा पाउडर जस्तै थियो,' पाठकले घट्ना सुनाए, 'घुम्तीमा पुग्दा पल्सर मोटरसाइकलमा आएका उनीहरुले मसँग भएको ब्याग खोस्न लागे, मैले छोडीन। घम्सा घम्सीपछि उनीहरु पैसा भएको ब्याग खोसेर भाग्न थालेपछि पछाडिबाट मोटरसाइकल कुदाएर मैले पनि पिछा गरें।' मोटरसाइकले लखेट्दै पाछाडिबाट कराएपछि आदर्शनगर मेनरोड चोकमा सर्वसधारणले लुटेराहरुको मोटरसाइकल रोक्न खोजे। त्यही बेला उनीहरु चढेको युपि६५एयु २२१४ नम्बरको भारतीय मोटरसाइकल ना ९ प १४ ९२ नम्बरको अर्को मोटरसाइकलमा ठोकिएको थियो। चोकमा भएका प्रहरी र सर्वसधारणले लुटेराहरुलाई नियन्त्रणमा लिएपछि पाठकको रुपैया जोगियो। त्रिवेणी औद्योगिक समूहका कर्मचारी पाठकले आफ्नो कार्यालयको पैसा एउटा बैंकबाट अर्को बैंकमा लगिरहेका थिए। त्यहाँ भएका सर्वसधारणले कुट्न थालेपछि लुटेराहरुलाई जोगाउन प्रहरीलाई निकै मिहनेत गर्नुपर्योो। मोटरसाइकल चलाउने रोहित ग्वाला र ब्याग खोस्ने कमलेश ग्वाला दुवै भारत नागरिक हुन्। उनीहरुको ठेगाना सिलिगुढी राजगन्ज रहेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुलाई हिरासतमा राखि मुद्दा अगाडी बढाउने तयारी गरेको छ।

0 Comments

Related Reports
Related Trend Analysis