Incident Reports

युवाको हत्या गरेको आशङ्कामा दुई जना पक्राउ

2020-01-12

Province 1, Ilam, Suryodaya, Ward 7

इलाम– गत आइतबार मृतावस्थामा फेला परेका एक युवकलाई हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

इलामस्थित सूर्योदय नगरपालिका–७ गोगनेका २९ वर्षीय विमल घलेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले भारत दार्जिलिङ विजनबारी घर भएका २९ वर्षीय विजय घले र स्थानीय २८ वर्षीय समुन घलेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै मृतक घलेसँगै रहेको खुलेपछि हत्या गरेको आशङ््कामा पक्राउ गरेको जनाइएको छ ।

आइतबार राति १० बजे मादकपदार्थ सेवन गरी झगडा हुँदा ढुङ्गा प्रहार गरेर हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।

सोमबार बिहान नजिकैको खोल्सीमा विमललाई मृतावस्थामा स्थानीयवासीले फेला पारेका थिए । घटनास्थल वरिपरि रगत चुहिएको र मृतकको शरीरमा ढुङ्गा प्रहार भएजस्तो गहिरो चोटपटक र नीलडाम देखिएको थियो । शव परीक्षण गरी मङ्गलबार परिवारलाई जिम्मा लगाइएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports