Incident Reports

कांग्रेस प्रवेश गरेको भन्दै नेकपा कार्यकर्ताद्वारा कुटपिट

2019-11-25

Bagmati, Chitawan, Khairahani, Ward 4

मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरुले कांग्रेसका कार्यकताहरुमाथि कुटपिट गरेका छन् ।

कुटपिटबाट उनको टाउको, ढाड र खुट्टामा गम्भीर चोट लागेको बताइएको छ । खैरहनी नगरपालिका वडा नम्बर ४ चैनपुरमा गएराति नेकपाका दिपक मगरसहितका कार्यकताहरुले ४५ वर्षीय टेक बहादुर परियारलाई गएराति अन्धाधुन्ध आक्रमण गरेको नेपाली कांग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठले जानकारी दिए । 

निर्वाचनको समयमा केही दिनअघि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितिमा परियार सहित सयौंको संख्यामा नेकपा परित्याग गरि काँग्रेसमा प्रवेश गरेका थिए । 

निर्वाचनको मुखमा कांग्रेस प्रवेश गरेर नेकपालाई कमजोर बनाउन खोजेको भन्दै आफूमाथि कुटपिट गरिएको परियारले बताए । कुटपिटबाट घाइते परियारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । 

अघिल्लो स्थानीय तहको निर्वाचनका क्रममा नेपाली कांग्रेसले जीत हासिल गरेको सो वडामा पुनः कांग्रेसकै जित हुने देखेपछि नेकपाका कार्यकर्ता आक्रमणमा उत्रिएको कांग्रेस सभापति श्रेष्ठले बताए । घाइते परियारको अवस्था गम्भिर रहेको श्रेष्ठले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
Election-related cause primary
Local Newspaper - Chitwan

0 Comments

Related Reports