Incident Reports

बेवारिसे बम फेला l

2013-12-22

Sudurpashchim, Bajura, Swamikarti Khapa

Arjun Shah जुकोट गाविस-७ जुकु गाउँको ओडारमा पुस ६ गते छ ओटा सकेट बम फेला परेका छन् । सात वर्षीय टीकाराज न्यौपाने, ६ वर्षीय उन्नत न्यौपाने, पुस्कर न्यौपाने र सहदेव न्यौपाने र धुब्र न्यौपानेले बम फेला पारेका स्थानीय शिक्षक लोकेन्द्र भट्टले बताए । स्थानीय शम्भु समिट इङ्लिस बोर्डिङ स्कूलमा अध्ययनरत उनीहरु शनिवार बिदाको दिन खेल्न गएका थिए । बिदाको दिन पाँच जना बालबालिकाहरु खेल्दै गाउँदेख केही पर रहेको कालाढुङ्गा ओडारमा पुगेका थिए । कालाढुङ्गा पुगेपछि उनीहरुले ओडारको भित्र एउटा कुनामा एउटा प्लास्टिकको झोलादेखे पछिमा छ ओटा बस्तु फेला परेको र टीकाराज न्यौपानेले काम नलाग्ने बस्तु भन्दै एउटा डल्लो समातेर पर फ्याकेपछि ठूलो आवाजमा पड्किएको थियो । थाहै नपाएर अन्जानमा पर फ्याकेको बस्तु पड्किएपछि आफूहरुले भेट्टाएका बस्तु बम भएको अनुमान गर्दै सबै जना झोला ओडारमै छाडेर अभिभावकहरुलाई घटनाबारे जानकारी गराएका थिए । 'हाम्रा बच्चाहरु भयानक दुर्घटनाको मुखबाट बाँचे', उन्नतकी आमा मन्देवु न्यौपानेले भनिन् । सदरमुकामदेखि करिब दुई दिनको पैदल दुरीमा रहेको जुकु गाउँमा बिस्फोटक पदार्थ फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । कुन्ना प्रहरी चौकीको प्रहरी टोली पुस ७ गते घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले बताए । 'बालबालिकाले फेला पारेको झोलाभित्र सकेट बम छन्' निरीक्षक बोहराले भने । बिस्फोट पदार्थ निस्कृय गर्न सदरमुकाम मार्तडीबाट देबीबक्स गुल्मबाट नेपाली सेनाको बम डिस्पोजल टोली पुस ७ गते बिहानै घटनास्थल तर्फहिडेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले ती बिस्फोटक बस्तुहरु विगत द्वन्द्वकालमा तत्कालीन माओवादीले लुकाएर राखेका हुनसक्ने बताए । अर्जुन शाह

0 Comments

Related Reports
Related Trend Analysis