Incident Reports

महिलाको हत्या गरेको आरोपमा प्रहरीमा उजुरी l

2013-12-21

Madhes, Siraha, Aurahi

Durga Pariyar इटारी प्रसाही गाविस-१ की २० वर्षीया आशादेवी मण्डलको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहामा पुस ५ गते पीडित परिवारले उजुरी दिएको छ । पीडित आशाका पीता भारतको मधुबनी जिल्ला विरपुर गाविस बस्ने इन्द्रजीत मण्डलका अनुसार ०७० मङसिर २६ गते आशाका ससुरा ४५ वर्षीय निरन्जन मण्डल, सासू ४१ वर्षीया जहरी मण्डल र देवर २४ वर्षीय पप्पु मण्डलले कुटपिट गरी हत्या गरेको आरोप लगाएका छन् । कुटपिटबाट गम्भीर भएपछि बीष खुवाएर आत्महत्या गरेको भनी मिर्चैया प्रहरीमा उजुरी हाली पोष्टमार्टम गराएर माइती पक्षलाई खबरै नगरी दाह संस्कार गरेको उनको आरोप छ । आरोपितका छोरा प्रेम चन्द्र मण्डलसँग ०६७ फागुन २७ गते विवाह भएको र १ वर्षदेखि उनी वैदेशिक रोजगारमा रहेको तर, घरमा सासू, ससुराहरूले पटक/पटक दाइजोको लागि मानसिक र शारीरिक यातना दिने गरेको बताए । सिरहाका एसपी पुर्ण चन्द्र जोशीका अनुसार घटना रहस्यमय भए पनि घटनाको अनुसंधान गरी आवश्यक प्रकृया अगाडि बढाउने बताए । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis