Incident Reports

बिना पुर्जी गिरफ्तार गरि यातना दिएको पीडितको आरोप

2020-01-11

Madhes, Dhanusha, Chhireshwornath, Ward 5

क्षिरेश्वरनाथ नपा–५ बस्ने ३९ वर्षीय मंगल राम चमारले आफूलाई पुस २६ गते साँझ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका असइको नेतृत्वमा रहेको पाँच जना प्रहरीको टोलीले गिरफ्तार गरि प्रहरी कार्यालयमा लगी यातना दिएको पीडितको आरोप छ ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा लगेर आफूलाई पैतालामा पाइपले कुटपिट गर्दै राती यातना दिएर पुस २७ गते विहान रिहा गरेको पीडित चमारले बताउनु भयो ।

सलार्ही जिल्लाका नुनिया दासले केटीलाई भगाइ विवाह गरेर आफ्नो घरमा राखेको आशंकामा प्रहरीले आफ्नो घरमा छापा मारेको र कुटपिट गर्दै इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा रातभर राखेर यातना दिएको पीडित रामले बताउनु भयो । कुटपिटबाट रामको गालामा चोट लागेको छ ।

उहाँको स्थानिय महेन्द्रनगरस्थित नीजि क्लिनिकमा उपचार गराउनु भएको छ ।

दिपेन्द्रप्रसाद सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Weapons Unclear
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments