Incident Reports

भारतले नेपाली भुमि कब्जा गरेको कारण युवाहरुद्वारा प्रदर्शन

2019-11-10

Madhes, Parsa, Birgunj

भारतले नेपाली भुमि कब्जा गरेको भन्दै आइतबार वीरगंज स्थित भारतीय महावाणिज्य दूतावास अगाडी प्रर्दशन गरिएको छ । नेकपा निकट अनेरास्ववियु र देश बचाउ संर्घष समिती तथा नेपाल विद्वत परिषदले भारतीय बिरुद्ध प्रर्दशन गरेका हुन ।

कालापानी हाम्रो हो, लिपुलेक हाम्रो हो, लुम्पियाधुरा हाम्रो हो, नेपाली सिमा मिच्न पाईदैन, नरेन्द्र मोदी मुर्दावाद, भारतीय बिस्तारवाद मुर्दावाद लगायतका नारा लगाउदै सयौंको संख्यामा रहेका युवाहरुले प्रर्दशन गरेका थिए ।

अनेरास्ववियुका युवा नेता मित्रदेव यादव र देश बचाउ संर्घष समितीका युवा नेता महमुद अंसारीको नेतृत्वमा घण्टाघरबाट प्रर्दशन शुरु गरी भारतीय महावाणिज्य दूतावास अगाडी पुगेर कोण सभामा परिणत भएको थियो । वक्ताहरुले भारतले हालै प्रकाशन गरेको नक्सामा नेपाली भुमिलाई भारतमा देखाएकोमा कडा आपति जनाएका थिए ।

भारतले नेपाली भुमि तत्काल फिर्ता नगरे कडा आन्दोलन गर्ने समेत चेतावनी दिएका थिए । सो अवसरमा युवा नेता उमेश गुप्ता, अकलेश साह, रेयाज अंसारी, हेमन्त तमा·, विवेक कुमार साह लगायतको सहभागिता रहेको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa , Local Newspaper - Bara

0 Comments