2020-01-20
Province 1, Morang, Miklajung
मोरङको मिक्लाजुङ गाउँपालिका स्थित रमितेमा भर्खरै बम बिष्फोट भएको छ।
निर्माणाधीन मिक्लाजुङ आइतबारे सडक निर्माणका लागि राखिएका ३ वटा एस्काभेटरमा विष्फोट गराइएको स्थानीयले बताएका छन्।
१ नम्बर प्रदेश सरकारको ५८ करोड ५६ लाखको बजेट बाट ठेक्का स्वीकृत भै सडक कालोपत्रे गर्नका लागि सडक चौडा गर्दै सुके आहालको साकेला मेला लाग्ने ठाउँ मा पुगेको ३ थान एस्काभेटर आगो लगाएर र बम हानेर ध्वस्त बनाइएको छ।
विष्फोट कसले र किन गराए भन्ने खुल्न सकेको छैन। यद्यपि प्रतिबन्धित नेकपा विप्लवले विष्फोट गराएको आशंका गरिएको छ।
विष्फोटबाट भएको क्षतिको विस्तृत विवरण आइसकेको छैन। मधुमल्लामा रहेको इलाका प्रहरी कार्यलयले भरखरै घटनाबारे जानकारी लिएको बुझिएको छ।
उत्तरी मोरङ २०५२ पछि पनि तत्कालीन माओवादीको शैन्य तालिम हुने क्षेत्रका रुपमा चिनिन्छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन् ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Collective |
Primary Form | Remote violence |
Weapons | Improvised explosive device (IED) |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | N |
Actor 1 - Affiliations | CPN (Chand) and affiliated org |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | N |
Actor 2 - Affiliation (Target) | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 2 - Youth | unknown |
Totally damaged Vehicles | 3 |