Incident Reports

तेस्रोलिंगीको बलात्कारपछि हत्या

2020-01-18

Bagmati, Makawanpur, Hetauda, Ward 5

हेटौंडाकी तेस्रोलिंगी अजिता भुजेलको बलात्कारपछि हत्या भएको बताइएको छ ।

शनिबार हेटौंडा–५ क्याप्पा डाँडामा मृत भेटिएकी अजिताको बलात्कारपछि हत्या भएको तेस्रोलिंगी अधिकारकर्मी सूरजकिरण थापाले दावी गरेका छन् । लैंगिक अल्पसंख्यक अधिकारका लागि काम गर्दै आएकी भुजेलको शव वीभत्स अवस्थामा फेला परेको थियो ।

भुजेलको घटना रहस्यमय रहेकाले गहिरो अनुसन्धानका लागि शवको विस्तृत जाँच गर्न त्रिवि शिक्षण अस्पताल शनिबार नै ल्याइएको छ । अधिकारकर्मी थापाका अनुसार भुजेल नग्न अवस्थामा भेटिएकोले बलात्कार भएको हुनसक्ने अस्पतालका चिकित्सकले बताएका छन् ।

हेटौंडा–११, नवलपुरकी २९ वर्षकी तेस्रोलिंली अजिताको शवको शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमपछि नवलपुरमा सोमबार दाहसंस्कार गरिएको छ ।

पोस्टमार्टममा अजिताको घाँटीमा निलडाम, टाउकोमा चोट देखिएको चिकित्सकले बताएको अजिताका फुपाजू देवबहादुर थापाले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

हत्यामा संलग्न पाँच आरोपित पक्राउ

माघ ४ गते बिहान हेटौंडाको क्याम्पाडाँडामा मृत फेला परेकी तेस्रोलिङ्गी अजिता भुजेलको हत्यामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेर सार्वजनिक गरेको छ।

मृत अवस्थामा फेला परेकी भुजेलको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान सुरु गरेको १८औं दिनमा हत्यामा संलग्न भएको भन्दै पाँच जनालाई सार्वजनिक गरेको हो । हत्यामा संलग्न भएको भन्दै प्रहरीले हेटौंडा-११ बस्ने वर्ष २० की एलिसा पाखिन, हेटौंडा-४ बस्ने वर्ष २४ को आशिष बल, हेटौंडा-१४ बस्ने वर्ष २१ को बुद्ध लामा, हेटौंडा-९ बस्ने वर्ष १८ को सिमोन परियार र हेटौडा-४ बस्ने वर्ष २५ को सुशील थापा मगर रहेका छन । 

७ हजार नहुँदा हत्या सहमतिमा यौन सम्पर्कपछि पैसा दिने क्रममा विवाद भएको र अजिताको हत्या भएको हालसम्मको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए।  

राठौरका अनुसार हेटौंडा-११,थानाभऱ्याङमा सिमोन परियारले ल्याएको ना ६ ख ६५२७ नम्बरको टकमा मतक अजितासँग हत्यामा संलग्न चार जनाले यौन सम्पर्क गर्ने सहमति गरेका थिए, जसका लागि सात हजार रुपैयाँमा 'डिल' भएको थियो। अजिताले आफ्नो स्कुटर साइड लगाई ट्रक चढेकी थिइन् । ट्रकका सहचालक रहेका परियारसहित क्याविनमा चारैजनाले यौन सम्पर्क गरेपछि अजितासँग भएको सहमतिअनुसार उनीहरूले सात हजार रुपैयाँ नदिएपछि विवाद भएको थियो।

विवादपछि चारैजना मिलेर ट्रकभित्रै अजिताको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक राठौरले बताए । अजिताले पैसा नलिई नछोड्ने भएपछि ट्रकमा रहेको बिजुलीको तारले घाँटीमा कसेर हत्या गरेको प्रहरीले जनाएको हो। अजिताको हत्यापछि माघ ४ गते बिहान ३ बजेतिर हेटौंडा-५, क्याम्पाडाँडामा लास ट्रकबाटै फालेर हत्यामा संलग्नहरू भागेको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Makwanpur , Local Newspaper - Chitwan

0 Comments