Incident Reports

बलात्कार प्रयासबाट पीडित घरेलु बाल श्रमिकको उद्धार l

2013-12-20

Bagmati, Lalitpur, Godawari

Ramesh Prasad Timalsina ललितपुर उमनपा-२ स्थिति तपबहादुर सिल्वालको घरमा गत भदौ महिनादेखि घरेलु बालश्रमका रुपमा राखिएकी १३ वर्षी एक बालिकाको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरका जिल्ला प्रतिनिधि र सिविसका प्रतिनिधिहरुले उद्धार गरेका छन् । घरमा काम बिगारेको भन्दै घर मालिकहरुले पिटेको र सोही घरमा काम गर्ने अर्का १९ वर्षीय युवकले बलात्कारको प्रयास गरेको भन्दै तीन दिन अघि घर छाडेर हिँडेकी बालिकालाई पुस ५ गते सानेपामा फेला पारि उद्धार गरिएको हो। पीडित बालिकाको मौखिक उजूरीका आधारमा प्रहरीले पाटन अस्पताल युवक र बालिकाको स्वास्थ्य परीक्षण गराएको छ । स्वास्थ्य परीक्षण लगतै बालिकालाई सिविसका प्रतिनिधि प्रदिप डंगोल र अञ्जना घिमिरेलाई संरक्षण गर्न जिम्मा लगाएको छ । बालिकाले आफूमाथि अश्लिल चलचित्र देखाएर केही समय अघि र पुस २ गते बलात्कार प्रयास गरेको भन्दै बर्दिया घर भएका १९ वर्षीय सुनिल यादवलाई कारबाहीको माग गरेकी छन् । उक्त घटनाको उजूरी लगत्तै छानबिन शुरु गरिएको र स्वास्थ्य परीक्षण पछि थप अनुसन्धान गर्ने महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी अधिकृत शुरेस भट्टले जानकारी दिए । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis