Incident Reports

कुटपिट गरी घर निकाला गर्ने पति बिरुद्ध उजुरी l

2013-12-19

Nati Babu Dhital हगाम गाविस-९ की ४४ वर्षीया देवीलक्ष्मी तामाङले आफूलाई कुटपिट गरी घर निकाला गरेको भन्दै पति साङदोर्जे तामाङ बिरुद्ध पुस ४ गते प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित देवीलक्ष्मीलाई पति साङदोर्जे तामाङले पुस ३ गते कुटपिट गरी घर निकाला गरेको आरोप छ । पीडित देवीलक्ष्मीले पतिले अन्याय गरेकोले कानुनी कारबाही गरी पाउँ भनि जिल्ला प्रहरी कार्यालय, चौतारामा इन्सेक जिल्ला प्रतिनिधि र महिला तथा बालवालिका कार्यालयको सहयोगमा उजुरी दिएकी हुन् । आरोपितलाई झिकाएर छलफल गरी आवश्यक प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय जलबिरेलाई पत्राचार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित इन्सेक जिल्ला प्रतिनिधिको कार्यालय, चौतारामा न्यायका लागि सहयोग माग्न आएपछि इन्सेक प्रतिनिधिले महिला तथा बालबालिका कार्यालय हुँदै प्रहरी कार्यालयसम्म पुर्‍याएपछि पीडितले सहयोगको अनुभूति गरेकी छन् । नातिबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis