Incident Reports

करणी प्रयासले हत्या गरेका होइनन् : प्रहरी l

2013-12-23

Province 1, Khotang, Rupakot Majhuwagadhi

खोटाङ, पुस ५ - करणी प्रयासले जन्तीको हत्या गरिएको भन्ने अभिव्यक्ति गलत पुष्टी भएको छ । गत मङ्सिर २४ गते खार्मी-५ स्थित डढेलीमा जन्ती जाने क्रममा एक महिलामाथि जालपा-४ का ३३ वर्षीय रवि राईको हत्या गरिएको भन्ने अभिव्यक्ति गलत भएको प्रहरी अनुसन्धानले पुष्टि गरेको हो । 'गत २४ गते राती स्थानीय एक युवतीमाथि करणी प्रयासपछि स्थानीयले कुटेर हत्या गरेको भन्ने अभिव्यक्ति गलत रहेछ ।' प्रहरी नायव उपरीक्षक गोविन्दकुमार साहले भने-'कुटपिटमा संलग्न हुनेले आफू बच्नका लागि भनेका रहेछन् ।' साहले थपे-'उनीहरूले जे भने पनि अपराधको आधारमा कारबाही हुन्छ ।' मृत्युपछि प्रहरीले करणी प्रयासपछि कुटपिट हुँदा राईको मृत्यु भएको जनाएको थियो । मृतकका आफन्तले विभिन्न सञ्चार माध्यमहरूमा प्रसारण प्रकाशन भएको समाचार सच्याइनु पर्ने माग गरेका छन् । समाचारमा करणी प्रयास गरेपछि कुटपिट गरिएको भन्ने गलत भएकाले त्यसलाई सच्याउन माग गरेका हुन् । सुक्रबार मृतकका भाइ एबी राईले विज्ञप्ती मार्फत भनेका छन्-'समाचारले पीडितलाई थप पिडा दिएको छ ।' विज्ञप्तीमा भनिएको छ'-'यसले मृतकको आफन्तको समेत इज्जत र मर्यादामा गम्भिर आघात पुर्‍याएको छ ।' जन्ती गएका राईलाई खार्मी-५ का ३५ वर्षीय दिलकुमार राई, २३ वर्षीय रामभक्त भनिने जीवन राई, सुदिप राई लगायतको समुहले कुटपिट गरेका थिए । कुटपिटपछि उपचारका लागि दिक्तेल ल्याउने क्रममा मङ्सिर २५ गते राईको मृत्यु भएको थियो । घट्नामा संलग्न दिलकुमार, रामभक्त, मनराखी राई र सुदिप राईलाई प्रहरीले पक्राउ गरी अनुसन्धान बढाएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis