Incident Reports

बलात्कृत बालिका अलपत्र अवस्थामा l

2013-12-22

Sudurpashchim, Dadeldhura, Parashuram

Labdev Bhatta आर्थिक अभावका कारण एक बलात्कृत हुनपुगेकी बालिका डोटीको छतिवन गाविसको बुडरमा अलपत्र अवस्थामा परेकी छन् । डडेल्धुरा शिर्षगाविस घर भई हाल चालकको रुपमा काम गर्ने गणेश भट्टराईले पुस २ गते फकाएर घरबाट डडेल्धुरा पुर्‍याएकी बालिकालाई बलात्कार गरेपछि पुस ४ गतेपछि गाडीमा राखी धनगढी पठाएको र धनगढीमा समेत बलात्कार हुनपुगेको पीडितले बताईन । लुगा च्यातिएको अवस्थामा उनीलाई डोटीको बुडरमा पुस ७ गते बिहान स्थानीय वासिन्दाले अलपत्र फेला पारिपछि मात्र पीडितले आफु बलात्कृत भएको र राती गाडीमा ल्याई यहाँ छोडिदिएको बताएपछि मात्र घटनाबारे थाहा भएको स्थानीय वासिन्दाको भनाई छ । बलात्कृत अवस्थामा डोटीको बुडरमा देखिएकी बालिकाको बारेमा कसैले पनि चासो नराख्दा समस्यामा परेकी छन् । घनाको बारेमा महिला तथा बालबालिका कार्यालय र जिल्ला प्रहरी कार्यालय डडेल्धुरालाई जानकारी दिँदा समेत मौन रहेका स्थानीय पत्रकार शिव ओलीले बताए । घटनाको बारेमा प्रमुख जिल्ला अधिकारी समेतलाई जानकारी गराउँदा डोटीको अधिकारक्षेत्रभित्र पर्ने घटना भएकोले डोटी प्रहरीले नै अनुसन्धान गर्नुपर्ने प्रमुख जिल्ला अधिकारीको भनाई रहेको इन्सेक डडेल्धुराका कैलाश पनेरुले बताए ।लवदेव भट्ट

0 Comments

Related Reports
Related Trend Analysis