Incident Reports

एम्बुलेन्स चालक कुट्ने पत्रकार पक्राउ

2019-11-24

Province 1, Sunsari, Itahari, Ward 5

मादक पदार्थ सेवन गरी एम्बुलेन्स चालक कुट्ने सुनसरी दुहवीका पत्रकार चन्दन रौनियार पक्राउ परेका छन् । कुटपिटबाट घाइते भएका इटहरी ५ का गोपाल निरौलाको विराटनगरको न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक प्रवीण कार्कीले रौनियार पक्राउ परेको पुष्टि गरे । चालकमाथि कुटपिट भएको भएपछि बिहानैदेखि चालक प्रहरी कार्यालयमा भेला भएका थिए। एम्बुलेन्ससहित भेला भएका चालकले दोषीलाई कडा सजाएको माग गरेका छन् । 

  पीडितको पक्षबाट एम्बुलेन्स चालक संघ मोरङका सदस्य मनोजकुमार सिवाकोटीले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । 'एम्बुलेन्स चालकमाथि आक्रमण भएको छ । पेशागत सुरक्षामाथि प्रश्न उठेकाले दोषीलाई हदैसम्म कारवाहीका लागि माग गर्दछौं ,' उनले भने।

उजुरी परेपछि रौनियारलाई म्याद थपका लागि सोमबार जिल्ला अदालत इनरुवा लगिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Local Newspaper - Jhapa

0 Comments

Related Reports