Incident Reports

‘भुत्ते खुकुरी भएकोले धन्न बाँचेँ’

2019-12-25

Province 1, Morang, Pathari Shanishchare, Ward 6

 मोरङको पथरीशनिश्चरे–६ दोलु शुक्रबारेमा पथरी र बयरवनका युवाहरूबीच बुधबार ग्याङ फाइट भएको थियो । छुट्याउन पुगेका ३० वर्षीय प्रताव राईको घर दोलु शुक्रबारेमा हो । घरेलु हतियारसहित १० वटा मोटरसाइकमा पथरीका युवाहरू दोलु शुक्रबारे आएका थिए । उनीहरू सबैले शरीरमा लुकाएर खुकुरी ल्याएका थिए ।

प्रताव स्थानीय भएकोले युवाहरूको झगडा छुट्याउन पुगेका थिए । उनी त्यहाँ पुगेका मात्र के थिए, ‘तैँ हैनस् ठूलो कुरा गर्ने’ भन्दै प्रतावलाई पथरीका बलिहाङ लिम्बू र याकुप लिम्बूको समूहले खुकुरी प्रहार गरी खेतमा लडाए । ठूलो ज्यान भएका याकुपका साथी प्रतावको पेटमाथि बसे । अन्यले खुकुरी प्रहार गर्न थाले । ‘मलाई आक्रमण गरेको देखेर मेरो भान्जा विकास पनि दौडिएर म भएकोतिर आउँदै थिए । याकुप र बलिहाङको समूहले छुट्याउन आएका भान्जामाथि खुकुरी प्रहार गरी उनको देब्रे पातामा खुकुरी प्रहार गरे । 

भान्जा त्यहीँ ढले’ विराट नर्सिङ होमको पाँचौं तलाको शøयामा उपचाररत रहेका घाइते प्रतावले घटना सुनाउँदै ब्लाष्टसँग भने, ‘भान्जा र ममाथि खुकुरी प्रहार भइरह्यो । मलाई पनि ४–५ जनाको समूहले खेतबारीमा लडाएर खुकुरी प्रहार गरे । म त्यहीँ ढलेँ । त्यसपछि मलाई केही थाहा छैन । धन्न मलाई प्रहार गरेको खुकुरी भुत्ते रहेछ । मेरो भाग्य बलियो भएकोले म बाँच्न सफल भएँ । मलाई पटक–पटक खुकुरी प्रहार गरेका थिए ।’ 

प्रतावको पेट र ढाडमा खुकुरी प्रहार गरेको गहिरो चोटै–चोट छ । गहिरो चोट लागेको शरीरको विभिन्न भागमा ब्याण्डेज गरिएको छ । घाइते भान्जा विकासको देब्रे पाखुरामा खुकुरी प्रहार गरी नसा काटिएको चिकित्सकले जानकारी दिए । विकासको हात र शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरेको गहिरो चोट छ । उनीहरू दुवैको उपचार अहिले विराटनगरस्थित विराट नर्सिङ होममा भइरहेको छ । 

खुकुरी हान्ने चारैजना पक्राउ

ग्याङ फाइटमा छुट्याउन पुगेका दुईजना युवालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाउने चारै जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीले चारै जनालाई बिहीबार पक्राउ गरेको हो ।

खुकुरी प्रहार गरी गम्भीर घाइते बनाउने सुनवर्षी नगरपालिका–१ का २५ वर्षीय विनोदबहादुर राई, सोही ठाउँका २६ वर्षीय आकाश थापा, पथरीशनिश्चरे नगरपालिका–६ का २३ वर्षीय बलिहाङ लिम्बू र सोही ठाउँका २६ वर्षीय याकुप लिम्बूलाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको पथरीका डिएसपी दिलिपकुमार गिरीले जानकारी दिए ।

घटनामा संलग्न अन्य फरार छन् । प्रहरीले उनीहरूको पनि खोजी कार्यलाई तीव्र बनाएको डिएसपी गिरीले जानकारी दिए । पक्राउ परेका चारै जनालाई बिहीबार जिल्ला अदालत मोरङमा ज्यान मार्ने उद्योगमा म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Local Newspaper - Morang

0 Comments

Related Reports