2020-01-22
९ माघ, काठमाडौं । भक्तपुरमा छुरा प्रहार गरेर एक किशोरको हत्या भएको छ । घटनामा संलग्नको आरोपमा प्रहरीले २ किशोरलाई पक्राउ गरेको छ ।
छुरा प्रहारबाट भक्तपुर–१०, चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको हो । छुरा प्रहारबाट गम्भीर घाइते सुवाललाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।
५ किशोरहरूले सल्लाहमा भक्तपुर नगरपालिका–६, भोलाछेंमा मदिरा सेवन गरेका थिए । मदिरा सेवनका क्रममा उनीहरूबीच सामान्य विवाद भएको थियो । महानगरीय प्रहरी परिसर, भक्तपुरका अनुसार, यही विवादमा आफ्नै साथीले छुरा रोपेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनामा संलग्नको अभियोगमा १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिद्वपोखरीस्थित कान्तिपुर गेष्टहाउसबाट प्रहरी नायब उपरीक्षक तथा महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत कुमाविक्रम थापाले जानकारी दिए ।
थापाका अनुसार, अहिले दुई किशोरमाथि अनुसन्धान भइरहेको छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Murder/attempted Murder |
Weapons | Sharp weapon |
Primary Cause | Other non-economic personal issues (revenge, passion etc.) |
Actor 1 - Number of people | 5 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | 5 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | youth |
Total Killed | 1 |
Youth Killed | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance