2020-01-25
Province 1, Morang, Kerabari
११ माघ, काठमाडौं । मोरङको केराबारी गाउँपालिका कार्यालयमा गएराति अज्ञात समूहले बम विस्फोट गराएको छ । गाउँपालिका कार्यालय अगाडि राखिएको बम भने शनिबार बिहानमात्रै डिस्पोज गरिएको छ ।
केराबारी गाउँपालिका–१० मा रहेको गाउँपालिका कार्यालयमा गएराति १० बजे बम विस्फोट भएको सोही गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले अनलाइनखबरलाई जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी लोकदर्शन थापाका अनुसार, विस्फोटबाट कार्यालयका कोठासँगै छिमेकका घरमासमेत क्षति पुगेको छ ।
त्यस्तै, गाउँपालिका कार्यालयनजिकै बम भेटिएको छ । कार्यालयबाट करिब ४० मिटर उत्तरतर्फ सडकमा बम भेटिएको हो । उक्त बम भने नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार बिहान डिस्पोज गरेकाे डीएएसपी थापाले जानकारी दिए ।
सडकमा बम राखिएको जानकारी पाएपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए । तर, सुरक्षाकर्मी समयमै नपुग्दा रातभर त्रास छाएकाे थियाे ।
डीएसपी थापाका अनुसार, दुवै घटनामा विप्लव समूहको संलग्नता हुनसक्ने ठानिएको छ । तर खुलिसकेको छैन ।
मोरङमा एक साताभित्र भएको यो दोस्रो हिंसात्मक घटना हो । यसअघि बिहीबार मात्रै विप्लव समूहले मोरङको मिक्लाजुङमा डोजर जलाएको थियो ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Collective |
Primary Form | Remote violence |
Weapons | Improvised explosive device (IED) |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | N |
Actor 1 - Affiliations | CPN (Chand) and affiliated org |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | N |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |
Total damaged Buildings | 1 |