Incident Reports

भारत विरुद्ध वाम बुद्धिजिविको मैनबत्ति जुलुस

2019-11-11

Province 1, Sunsari, Dharan

नेपालको लिपुलेक, कालापानीलगायत भुमिलाई भारतले आफ्नो नक्सामा समावेश गरेको विरोधमा आज(सोमबार) साँझ वाम बुद्धिजिविहरुले धरानमा मैनबत्ति जुलुस गरेका छन् ।

पिण्डेश्वर विद्यापिठका प्राध्यापक डा. रमेश घिमिरेको संयोजनमा धरानको छाताचोकदेखि भानुचोकसम्म मैनबत्तिसहित र्याली निकालिएको हो । भारत विरोधी विभिन्न नारासहित निस्केको र्याली भानुचोकमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई नेकपाका उम्मेदवार प्रकाश राईसहित बुद्धिविद्धिहरुले सम्बोधन गरेका थिए । 

उम्मेदवार राईले भारतको हेपाहा प्रवृत्तिप्रति वाम बुद्धिजिविहरुले गरेको खबरदारी सह्रानीय भएको बताए । उनले सिमा विवादमा कुटनैतिक पहल गरेर सरकारले भारतसँग चाडै छलफल गर्नेमा आशावादी रहेको पनि बताए । यस्तै, कोणसभालाई प्रा.डा. भीम खतिवडा, प्राध्यापक उद्धव श्रेष्ठ, रुक्मणी मास्केलगायतले सम्बोधन गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Morang

0 Comments