Incident Reports

सिरहामा कुटपिट गरेर फरार रहेका २ जना पक्राउ

2019-11-26

सिरहामा कुटपिट तथा अभद्र व्यवहार मुद्दामा फरार २ जना पक्राउ परेका छन् ।

गएको मंसिर १० गते बिहान ८ बजेको समयमा सिरहाको सिरहा नगरपालिका–१ बस्ने ४१ वर्षीय अरुण कुमार यादवलाई कुटपिट तथा अभद्र व्यवहार मुद्दाको फरार सिरहा नगरपालिका–५ बस्ने ३५ वर्षीय आमोद भन्ने विजय कुमार यादवलाई पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ । 

त्यस्तै, गएको साउन २५ गते बिहान साढे ११ बजेको समयमा सिरहाको मिर्चैया नगरपालिका–३ बस्ने ३५ वर्षीय धर्मेन्द्र कुमार यादवलाई कुटपिट तथा अंगभंग मुद्दाको फरार मिर्चैया नगरपालिका–५ बस्ने २२ वर्षीय अनिष कुमार यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । 

पक्राउ परेका दुबैजनालाई खोजतलास गर्ने क्रममा शनिबार घरमा लुकिछीपि बसेको अवस्थामा पक्राउ गरेको सिरहाका प्रहरी नायव उपरीक्षक बोहराले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
National/Online Media , Local Newspaper - Siraha

0 Comments

Related Reports