Incident Reports

ससुरा र सासूले कुटपिट गरेको आरोपमा उजुरी l

2013-12-24

Madhes, Rautahat, Katahariya

Bipin Gautam जटहरा गाविस-२ मोतिपुर टोकी २५ वर्षीय इसरत जहानलाई ससुरा ५५ वर्षीय सेख सफि महमद र सासू ४५ वर्षीया नुरनेसा खातुनले कुटपिट गरेको आरोपमा पीडितले ०७० पुस ९ गते जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दर्ता गराएकी छन् । पीडित महिला आफ्नै घरमा बसिरहेको अवस्थामा आरोपित ससुरा र सासूले पुस ८ गते राती कुटपिट गर्नुका साथै घरबाट निकाला गर्ने धम्की समेत दिएको पीडितले बताइन् । महिला तथा बालबालिका सेवा केन्द्र रौतहटका इन्चार्ज सई गीता रानाभाटले पीडितको उजुरी दर्ता भएको र आरोपितहरुलाई उपस्थित हुन पत्र पठाइएको बताइन् । बिपिन गौतम

0 Comments

Related Reports
Related Trend Analysis