Incident Reports

बलात्कारका आरोपित गिरफ्तार l

2013-12-23

Chhetu Sherpa बोली नआउने एक ६५ वर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा चैनपुर गाविस-८ भञ्ज्याङ्गखर्कका ५३ वर्षीय इन्द्रमान तामाङलाई प्रहरीले पुस ८ गते गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय चैनपुरमा पीडित पक्षले तामाङ विरुद्ध पुस ७ गते उजुरी दिए प्रहरीले आरोपितलाई गिरफ्तार गरी जबर्जस्ती करणीमा मुद्दा चलाउने तयारी गरेको छ । आफ्नै घर नजिकको बारीमा मङ्सिर १९ गते कोदोको नल काटिरहेको अवस्थामा आरोपितले बलात्कार गरेको पीडित पक्षको उजुरीमा उल्लेख छ । पीडितको चैनपुर स्वास्थ्य केन्द्रमा पुस ८ गते स्वास्थ्य परीक्षण भएको छ । तामाङलाई आवश्यक अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थुनामा राखिएको चैनपुर इलाका प्रहरी कार्यालयले जनायो । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis