Incident Reports

अज्ञात पक्षबाट कावासोतीमा एनसेलको टावरमा आगजनी

2020-01-26

Gandaki, Nawalparasi East, Kawasoti, Ward 17

कावासोती नपा–१७ र बौदीकालि गाउँपालिका–२ मा रहेका एनसेल टावरमा ०७६ माघ १२ गते राति अज्ञात पक्षले आगजनी गरेको छ ।

पेट्रोलको प्रयोगले गरिएको आगजनीबाट कावासोती–१७ मा रहेको टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ भने बौदीकालि गाउँपालिकामा रहेको टावरको पावर सकेटमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का इन्स्पेक्टर गणेश बहादुर नरल क्षेत्रीले जानकारी दिनुभयो ।

आगजनी गर्ने पक्षको पहिचान नभएको र घटनाको अनुसन्धान भइरहेको इन्स्पेक्टर क्षेत्रीले बताउनुभयो ।

 तिर्थराज डुम्रे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
INSEC

0 Comments