Incident Reports

गोली लागेका हवल्दार चौधरीले विप्लव समूहका दुई कार्यकर्तालाई पक्रिए

2020-01-28

Lumbini, Bardiya, Madhuwan, Ward 4

विप्लव समूहका कार्यकर्ता पक्रन गएका इलाका प्रहरी कार्यालय ढोडरी बर्दियामा कार्यरत प्रहरी हवल्दार आफैंले बोकेको हतियार पड्केर घाइते भएका छन्।  

एनसेलको टावर जलाउन गएका विप्लव समूहका कार्यकर्ता पक्रिने क्रममा हवल्दा गंगाराम चौधरी आफैंले बोकेको हतियार बन्दुक पड्केर मंगलबार साँझ घाइते भएका हुन्।

बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाका अनुसार उनको दाहिने तिघ्रामा गोली लागेको छ। घाइते उनलाई भेरी अस्पताल नेपालगञ्ज पठाइएको बाँस्तोलाले बताए।

उनका अनुसार मधुवन-४ मौवामा रहेको एनसेल टावरमा आगजनी गर्न विप्लव समूहका कार्यकर्ता गएको थाहा पाएपछि प्रहरी टोली त्यसतर्फ गएको थियो। विप्लव समूहका कार्यकर्तासँग लछारपछार गर्ने क्रममा चौधरीले बोकेको बन्दुक पड्किएको बाँस्तोलाले बताए।

गोली लाग्यो तैपनि चौधरीले विप्लव कार्यकर्ता भने समातेरै छोडे। ‘गोली लागेर पनि उनले विप्लवका दुई कार्यकर्ता समातेका छन्,’ बाँस्तोलाले भने।

विप्लव समूहका जयबहादुर ठाडा मगर र रोहित सुनारलाई चौधरीले पक्रेका थिए। पक्राउ परेकामध्ये मगर विप्लव समूहको जिल्ला जनपरिषदका अध्यक्ष रहेको खुलेको छ।

उनीसहित टोली गएकोमा समात्ने क्रममा लछारपछार हुँदा बन्दुक पड्केको थियो। गोली लागेर घाइते हुँदा पनि उनले दुई जनालाई घिस्याउँदै टोलीको जिम्मा लगाएको बाँस्तोलाले बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments