Incident Reports

नेकपा आलिताल गाउँपालिका अध्यक्षमाथि आक्रमण

2020-01-31

Sudurpashchim, Dadeldhura, Alital, Ward 3

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई माघ १७ गते अज्ञात पक्षले आक्रमण गरेको छ ।

आलिताल गाउँपालिका–३ को वडा बैठकमा सहभागी हुनका लागि बैठक स्थलतर्फ जाने क्रममा उहाँलाई कुटपिट गरेको आलिताल प्रहरी चौकीका असई कमलप्रसाद जोशीले बताउनु भयो । जोशी सवार से ६ प ७९२६ नम्बरको मोटर साइकलमा पनि तोडफोड गरिएको असई जोशीले बताउनु भयो ।

कुटपिटबाट उहाँको गोडा भाँचिएको छ भने टाउको र हातमा चोट लागेको छ । उहाँको उपचार गर्न एम्बुलेन्समार्फत धनगढी लगिएको भए पनि धनगढीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ ।

नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्रा बोहराले आफू जोशीसँगै मोटरसाइकलमा सवार भएको भए पनि भाग्न सफल भएको बताउनु भयो ।

घटनामा संलग्न पक्षको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका डिएसपी दधिराम न्यौपानेले बताउनु भयो ।

नेकपाद्वारा घटनाको भत्र्सना


Update:डडेल्धुरा: नेपाल कम्युनिष्ट पार्टी नेकपाका आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अपहरण गरी निर्घात कुटपिट गरेको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले लिएको छ।

जोशीलाई शुक्रबार आलिताल भन्दा करिब पाँच सय मिटर माथि चौर वण्डले भन्ने स्थानमा मुकुण्डोधारी समूहले जोशीमाथि अपहरण र कुटपिट गरी गम्भीर घाइते बनाएको थियो।

‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले विज्ञप्ती जारी गर्दै घटनाको जिम्मेवारी लिएको हो। इन्चार्ज दौलत सिँह विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनीएको छ ‘जोशीले मडेला खोला तटबन्धन र खेलकुद मैदान निमार्णका साथै थुप्रै योजनामा भ्रष्टाचार तथा अनियमितता गरेको, योजनाको अन्तिम भुक्तानीहुँदा समेत मजदुरको पारिश्रमिक नदिएको, समाजमा भ्रष्टाचार गरी विकृती मच्चाएको र हाम्रो पार्टी विरुद्ध सुराकी गरेकाले निज ज्ञानेन्द्र जोशीलाई हाम्रो पार्टीले चेतावनी स्वरुप सांकेतिक कार्वाही गरेको अवगत गराउँदछौ।’

साथै पार्टीले आगामी दिनहरुमा जोसुकैले पनि त्यस्ता कार्य गरे नछाडिने चेतावनी समेत दिएको छ।

उक्त घटनामा जोशीसँगै मोटरसाइकमा सवार नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्रा बोहरा भने भागेर अपहरण र कुटपिटबाट जोगिएकी थिइन। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
INSEC , Local Newspaper - Morang , Local Newspaper - Kailali , Local Newspaper - Kaski

0 Comments