2020-01-31
प्रादेशिक अस्पताल जनकपुरको अगाडी रहेको कल्पना औषधी पसलमा अज्ञात समूहले माघ १७ गते विहान पेट्रोल छर्केर आगजनी गरेको छ ।
प्रादेशिक अस्पताल अगाडी रातभर पसल सञ्चालन हुँदै आएको छ । पंकज साहले सञ्चालन गर्दै आएको उक्त औषधी पसलमा अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट औषधी पसलमा रहेका करिब ९० लाख मूल्य बरावरको औषधी जलेर नष्ट भएको सञ्चालक साहले बताउनु भएको छ ।
पसल सञ्चालक साहले प्रहरीलाई जानकारी गराउनु भएपछि प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । राति अज्ञात समूहले पछाडीको झ्यालबाट पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ ।
आगजनी कसले ? किन गरेको हो ? भन्ने बारे अहिलेसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिनु भएको छ ।
दिपेन्द्रप्रसाद सिंह
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Arson |
Weapons | Fire |
Primary Cause | Unclear |
Actor 1 - Number of people | N |
Actor 1 - Affiliations | Unclear |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Private company |
Actor 2 - Youth | na |
Total damaged Buildings | 1 |
Severely damaged Buildings | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance