Incident Reports

स्कुल बसमा आगजनी

2020-02-01

Bagmati, Makawanpur, Hetauda

अपरिचित दूईव्यक्तिले हेटौंडा उपमहानगरपालिका–५ पिप्लेमा रहेको जेनिथ इन्टरनेशनल स्कूलको दुईवटा बसमा आगजनी गरेका छन् । माघ १८ गते रातको ९ मोटरसाइकलमा आएका २ अपरिचित व्यक्तिले स्कूलको कम्पाउण्डभित्र रहेको ना ७ ख ८७२८ र ना १ क ३२१८ नम्बरको बसमा आगजनी गरी भागेका थिए । आगलागीबाट ८७२८ नम्बरको बस पूर्ण रुपमा क्षति भएको छ ।

आगजनी भएको देखेपछि स्थानीय र हेटौंडा उपमहानगरपालिकाको दमकलको सहयोगमा झण्डै एकघण्टा लगाएर आगो निभाइएको थियो । सुरक्षाका लागि स्कुल परिसरमा राखिएको सिसि टिभी फुटेजमा दुइ व्यक्ति बसमा आगजनी गरी मोटरसाइकलमा भागेको देखिएको छ । यद्यपी उनीहरु को हुन् र मोटरसाइकल नम्बर समेत प्रष्ट पहिचान हुन नसकेको स्कुलका प्रिन्सीपल अनिल पाण्डेले बताउनुभयो ।

स्कुलबस आगजनी भएको घटनाको दोषी पत्ता लगाई कारवाही गर्न निजी तथा आवसीय विद्यालय अर्गनाईजेसन प्याब्सन मकवानपुरले माघ १९ गते जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र हेटौंडा उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

प्याब्सन मकवानपुरका अध्यक्ष अनिल पाण्डेकै विद्यालयको बसमा भएको आगजनीको कारण पत्ता लगाई घटनामा संलग्नलाई गिरफ्तार गर्ने प्रहरीले प्रतिबद्धता जनाएको छ ।

पुष्पराज अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Totally damaged Vehicles 2
Severely damaged Vehicles 1
INSEC

0 Comments

Related Reports