Incident Reports

प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

2020-02-03

Gandaki, Parbat, Kushma, Ward 6

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका प्युठान जिल्ला सदस्य ३७ वर्षीय चिमबहादुर कार्की (बुलेट कार्की) लाई जिल्ला प्रहरी कार्यालय पर्वतले ०७६ माघ २० गते गिरफ्तार गरेको छ ।

कार्कीले प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा कुश्मा नपा–६ शिवालय चोकबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर विकास थापाले बताउनुभयो ।

चिमबहादुर कार्कीलाई ०७६ असार ४ गते कास्की प्रहरीले गिरफ्तार गरी असार ३० गते कास्की जिल्ला अदालतबाट १५ हजार धरौटीमा छुटाउने आदेश दिएको थियो ।

इन्स्पेक्टर थापाका अनुसार कार्कीलाई सार्वजनिक हित विपरित कार्य गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय पर्वतले सरकारी वकिल कार्यालय, पर्वत मार्फत पर्वत जिल्ला अदालतमा माघ २१ गते मुद्दा दायर गरिएको छ ।

कार्कीको स्वास्थ्य परीक्षण माघ २० गते जिल्ला अस्पताल पर्वतमा गरिएको जानकारी इन्स्पेक्टर थापाले दिनुभयो ।

 

 

 

 

सन्तोष थापा

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments