Incident Reports

नदीमा भेटियो युवकको शव, दुई युवतीसहित ५ जना पक्राउ

2020-01-30

Madhes, Rautahat, Ishanath, Ward 8

 रौतहट । रौतहटको दक्षिणी भेगमा एक युवकको हत्या भएको छ । हत्यामा ती युवककै प्रेमिकाका दाजुहरु संलग्न रहेको आरोपमा प्रहरीले उनीहरु दुवै जनालाई पक्राउ गरेको छ । 

भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका–८ मन्सरीका २० वर्षीय महमद एहतेसामुल हकको उनकै प्रेमिकाको तीन जना दाजु मिलेर हत्या भएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको हो । 

जिल्ला प्रहरी प्रमुखको रुपमा हालै आएका एसपी रवीराज खड्काले ईशनाथ नगरपालिका–८ मन्सरीका एहतेसामुल हकको हत्यामा उनकै प्रेमिकाका दाजुहरु राजपुर नगरपालिका–६ कुडियाका ३१ वर्षीय असरफ अली, २६ वर्षीय असगर अली र २३ वर्षीय हैदर अली संलग्न रहेको बताए । 

कसरी भयो हत्या ? 

घटना विवरण अनुसार माघ १५ गते साँझ एहतेसामुल हक आफ्नो घरबाट दिदीभिजानुलाई भेट्न मोतिपुर गएका थिए ।  भिनाजु कै बिआर ०५ सी ८२९९ नम्बरको मोटरसाईकल लिएर मोतिपुरबाट उनी सोही दिन राती करिब ८ बजे घर फर्किन निस्केका थिए । 

एहतेसामुल हक चढेको मोटरसाईकल भोलिपल्ट बिहान राजपुर नगरपालिका–७ अकोलवा गाउँछेउको भकुवा नदी किनारमा बेवारिसे अवस्थामा फेला परे पनि उनी सम्पर्कविहीन भएका थिए ।

भोलिपल्ट अबेरसम्म पनि उनी घर नफर्किएपछि परिवारजनले खोजतलासका लागि प्रहरीमा खबर गरेका थिए ।

२० गते बिहान ९ बजे राजपुर नगरपालिका–६, कुडिया गाउँदेखि ७०० मिटर पूर्वतर्फ भकुवा खोलामा उनको शव पानीमा घोप्टो परेको अवस्थामा प्रहरीले फेला पारेको थियो । शव बरामदपछि २१ गते प्रहरी निरीक्षक नविन सिंहको नेतृत्वमा ५ सदस्यीय अनुसन्धान टोलीले घटनाको सुक्ष्म अनुसन्धान थालेको थियो । 

अनुसन्धानका क्रममा प्रहरीले केही तथ्य पत्ता लगायो । जसअनुसार एहतेसामुल गत १५ गते मोतिपुरबाट राति ८ बजे आफ्नो घर फर्कने क्रममा प्रेमिकालाई फोन गरी राजपुर नगरपालिका वडा–६ कुडिया गाउँको बाँसघारीमा बोलाएर भेटेका थिए । ती युवतीका दाजुुहरुले बाँसघारीमा राति बहिनीलाई एहतेसामुुल हकसँगै देखेपछि युवती घरतिर भागिन् भने त्यहाँबाट भागेका एहतेसामुललाई उनीहरुले लखेटेर नियन्त्रणमा लिएको बताइन्छ । 

एहतेसामुलको मोबाईल खोसेर उनीहरुले घाँटी थिची उनको हत्या गरेको र शवलाई खोलामा फालेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिए । हत्याका आरोपी दुईजना पक्राउ परे पनि असरफ अली भने फरार रहेको पत्रकार सम्मेलनमा जनाईएको छ । 

पक्राउ परेका दुबैजनाले हत्या गरेको स्वीकार गरिसकेको डिएसपी कार्कीले बताए । मृतकका बाबु शेख महमद रईशुल आजमको किटानी जाहेरीको आधारमा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट आइतबार ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । फरार अर्का अभियुक्तको खोजी भइरहेको प्रहरीको भनाइ छ । 

कसरी पुगे प्रहरी अपराधी दाजुभाई सम्म

गत १५ गते रातिको घटनाको भोलिपल्ट प्रेमिकाले घटनाको प्रेमीलाई फोन गर्दा उनको मोबाईल ‘स्विच अफ’ रहेको पाइन् ।

उनका दाजुभाईको पाईन्टमा हिलो लागेको र तोरीको फुल लागेको देखेर उनले एहतेसामुलको दिदीलाई फोन गरी उनको बारेमा सोधखोज गरेकी थिइन् । भोलिपल्ट अबेरसम्म पनि एहतेसामुल आफ्नो घर नपुगेको जानकारी पाएपछि प्रेमिकाले खोजतलासका लागि प्रहरीलाई जानकारी गराउन एहतेसामुलको दिदीमार्फत परिवारजनलाई भनेकी थिइन् । 

प्रहरी निरीक्षक नविन सिंह सहितको अनुसन्धान टोलीले सोही कुरोको सुइँको पाएर प्रेमिका र उनका दाजुुहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा घटना बाहिर आएको एसपी खड्काले पत्रकार सम्मेलनमा जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports