Incident Reports

माइतीघरमा कांग्रेसको नारा-कठै अख्तियार, नेकपासामु लम्पसार

2020-02-09

Bagmati, Kathmandu, Kathmandu

२६ माघ, काठमाडौं । नेपाली कांग्रेसले आइतबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा राजनैतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाइएको भन्दै नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) लगायत भातृ संगठनले प्रदर्शन गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई उन्मुक्ति दिइएको र अन्यलाई राजनैतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाएको आरोप कांग्रेसको छ ।

माइतीघरमा प्रदर्शनमा उत्रिएका उनीहरुले ‘कठै अख्तियार, नेकपासामु लम्पसार’, ‘भ्रष्टहरुको ब्रहृम लुट, लालझण्डा बोकेपछि सबै छुट’ लगायतका नारा लगाएका थिए ।

केही दिनअघि अख्तियारले ललिता निवास प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तर, नेकपाका नेता र निकटका व्यक्तिलाई उन्मुक्ति दिएएको भन्दै नेपाली कांग्रेसले संसद र सडकबाट विरोध गरिरहेको छ ।

     

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments