Incident Reports

अख्तियारविरुद्ध जनकपुरमा पनि तरुण दलको प्रदर्शन

2020-02-09

Madhes, Dhanusha, Janakpur

जनकपुर । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल धनुषाले बालुवाटार जग्गा प्रकरणमा अख्तियारको भूमिकाको सरकार सम्बद्ध दल नेकपामुखि भएको भन्दै विरोधमा जनकपुरमा प्रदर्शन गरेको छ।

  बालुवाटार जग्गा प्रकरणमा सरकारको प्रभावमा परि अख्तियारले दोषीलाई उन्मुक्ति दिएको भन्दै तरुण दल धनुषाले प्रदर्शन गरेका हो । । सत्तारुढ दल नेकपाले सत्ताको दुरुपयोग गरेर बालुवाटार जग्गा प्रकरणमा सरकारले मुख्य दोषीहरुलाई उन्मक्ति दिँदै राजनीतिक पूर्वाग्रह गरेको र अख्तियार पनि सरकारकै मतियार बनेको तरुण दल धनुषाको आरोप छ ।

तरुण दल धनुषाका अध्यक्ष संजय लाभ कर्णले जग्गा प्रकरणका मुख्य दोषी तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका महासचिव विष्णु पौडेल, तत्कालीन मुख्यसचिव लिलामणि पौडेलजस्ता व्यक्तिलाई उन्मुक्ति दिएर राजनीतिक प्रतिशोध साध्न काँग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई सरकारले फसाएको आरोप लगाए ।

राजनीतिक पूर्वाग्रहको ढङ्गले गच्छदारविरुद्ध लगाइएको मुद्दा फिर्ता हुनुपर्ने, जग्गा प्रकरणका प्रमुख दोषी पूर्वप्रधानमन्त्री नेपालसहितका व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने लगायतका माग गर्दै जनकपुरमा तरुण दलले नगर प्रदर्शन गरेको थियो ।

 जनकपुरमा रहेको गोपालधर्मशालाबाट निकलेको तरुण दलको विरोध प्रदर्शन जनक चोक, शिव चोक, भानु चोक लगायत नगरको विभिन्न भाग परिक्रमा गरेको थियो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments