Incident Reports

गर्भवती पत्निलाई कुटपिट गरी घरबाट निकाला l

2013-12-30

Bagmati, Chitawan, Kalika

Sabitri Sapkota जुटपानी गाविस-१ की २५ वर्षीया गीता श्रेष्ठलाई पति ३२ वर्षीय गणेश श्रेष्ठले कुटपिट गरी घरबाट निकाला गरेको भनि पीडितले पुस १६ गते जिल्ला प्रहरी कार्यालय उजुरी दिइन् । गर्भवती समेत रहेकी गीतालाई पुस १५ गते रातको समयमा कुटपिट गरेर घर निकाला गरेको पीडितले दुखेसो पोखीन् । विवाह भएको आठ वर्षभएको र आफू गर्भवती भएको अवस्थामा पति गणेशले आफू र छोरीलाई हेला गर्ने गरेको बताइन् । सम्बन्ध बिच्छेद गर्न दबाब दिँदै आफूलाई दिनहुँ कुटपिट गरी मानसीक पीडा समेत दिने गरेकोमा १५ गते साँझ आफूसँग भएको पैसा, सुन समेत लिएर उनलाई पतिले घरबाट निकालेको बताइएको छ । आफूलाई घरेलु हिंसा गर्ने पतिलाई पक्राउ गरी आफ्नो अधिकार दिलाइदिन भनि पीडित प्रहरीकोमा आएको बताइन् । आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा उपस्थिति गराउन भनि आज नै प्रहरी चौकी जुटपानीलाई पत्रचार गरेको महिला सेलका असई शान्ता पण्डितले बताइन् । सावित्री सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis